सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एमाले काभ्रेको कहाँ-कहाँ सकियो वडा अधिवेशन ?

एमाले काभ्रेको कहाँ-कहाँ सकियो वडा अधिवेशन ?

8580
Shares
एमाले काभ्रेको कहाँ-कहाँ सकियो वडा अधिवेशन ?

काभ्रे : एमाले काभ्रेले जिल्लाको धेरै जसो वडामा आजै वडा अधिवेशन सकाएको छ । जिल्लाको ६ वडा नगरपालिकाका अधिकांश वडामा अधिवेशन सकिएको जिल्ला सचिब नारायण पाण्डेले जानकारी दिनुभयो ।

‘कतिपय वडा कमिटीहरूले भोली पनि अधिवेशनको कार्यक्रम राखेका छन् । सदरमुकाम आसपासका खास गरी नगरपालिकाहरूमा वडा अधिवेशन सौहार्द पूर्ण रूपमा सकिएको छ, सचिब पाण्डेले भन्नुभयो ।’

एमाले काभ्रे जिल्ला कमिटीले जारी गरेको विवरण अनुसार बनेपा, धुलिखेल, मण्डनदेउपुर र पनौती नगरपालिकाका सबै वडा अधिवेशन सकिएको छ । पाँचखाल नगरपालिकाको वडा नम्बर ४ बाहेक सबै वडा अधिवेशन सकिएको छ । नमोबुद्ध नगरपालिकाको ८, ९, १० र १२ नम्बर वडामा अधिवेशन हुन बाँकी छ ।

७ वटा गाउँपालिका मध्ये भुम्लु गाउँपालिकाको १० वटै वडामा अधिवेशन सकिएको छ । चौरीदेराली गाउँपालिकाको वडा नम्बर ९ बाहेक अन्य सबै वडामा सकिएको छ । तेमाल गाउँपालिकाको ९ वटै वडामा सकिएको छ ।

रोशी गाउँपालिकाको १२ वटा वडा मध्ये ३, ४, ८, १० र १२ नम्बर वडामा अधिवेशन हुन बाँकी छ । बेथानचोक गाउँपालिकाको ६ वटा वडा मध्ये १ र ३ मा मात्रै भएको छ । खानीखोला र महाभारत गाउँपालिकामा आज वडा अधिवेशन हुन सकेका छैनन् ।

सबै वडाहरूमा विवाद रहित ढंगले अधिवेशन भएको र बाँकी वडाहरूमा विवादका कारण नरोकिएको सचिब पाण्डेले बताउनुभयो । ‘भोलीभित्र जिल्लाको १३५ वटै वडामा अधिवेशन सकिनेछ ।

आज हुन नसकेका वडामा विवादका कारण रोकिएको होईन । समय ब्यवस्थापन गर्दा कतिपय दुर्गम स्थानीय तहका वडाहरूमा हुन नसकेको हो । सबै वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको छ, सचिब पाण्डेले भन्नुभयो ।’

8580
Shares

ट्रेन्डिङ