सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बससँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

बससँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

1560
Shares
बससँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

गुल्मी | गुल्मीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका–४ का १९ वर्षका विवेक झाँक्री मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

सोमबार बिहान तम्घासबाट जोगीथुमतर्फ जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल र छल्दीबाट तम्घास आउदै गरेको लु १ ख ९४७५ नम्बरको बस अर्खलेमा आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झाँक्रीलाई गुल्मी अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन् ।

महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ मा पढने झाँकी पढाइ सकेर तम्घासबाट घरतर्फ जाँदै थिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

1560
Shares

ट्रेन्डिङ