सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • १८ अङ्कले घट्याे शेयर बजार

१८ अङ्कले घट्याे शेयर बजार

495
Shares
१८ अङ्कले घट्याे शेयर बजार

काठमाण्डाै | शेयर बजार आज बुधवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ६० विन्दुमा झरेको छ ।

आज अन्यबाहेक सबै समूहको शयर घटेर बजार राताम्मे भएको छ । आज सबैभन्दा धेरै बुद्धभूमि जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै विजय लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज दुई सय ८५ वटा कम्पनीका ३३ लाख ५९ हजार कित्ता शेयर एक अर्ब एक करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको छ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

495
Shares

ट्रेन्डिङ