सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशन: महेश खरेलले लिए अग्रता

काभ्रे काँग्रेस अधिवेशन: महेश खरेलले लिए अग्रता

3700
Shares
काभ्रे काँग्रेस अधिवेशन:  महेश खरेलले लिए अग्रता

 

काभ्रे : नेपाली काग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेलले सुरूवाती अग्रतालाई लिनु भएको छ ।

जारी मतगणना खरेलले प्रतिद्वन्द्वीसंग आफ्नो मतको अन्तर निकै फराकिलो पारेको छ । १०१ मत गनिसक्दा सभापतिमा खरेलले ५७ मत र सुन्दर मणी आचार्यले ४४ प्राप्त गर्नुभएको छ । खरेल मधु समूहका हुन् भने आचार्य शिव समूहका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा १२ सय ३० जना अधिवेशन प्रतिनिधि थिए । जसमा १२ को हाराहारीमा मत खसेको छ । बनेपामा मतगणना भैरहेको छ । निर्वाचन क्षेत्र नम्बर २ मा मधु प्यालनबाट सभापतिमा महेश खरेल प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

खरेलको टिमबाट सचिबमा कृष्णबुद्ध बजगाई र नारायण सापकोटा, सह सचिबमा चिरञ्जवी आचार्य (दिलिप) र पुरुषोत्तम बजगाईको उम्मेदवारी परेको छ ।

शिव हुमागाई समूहबाट क्षेत्र नम्बर २ को सभापति सुन्दरमणी आचार्य प्रतिस्पर्धामा हुनुहुन्छ । सुन्दरमणीको टिमबाट सचिबमा आनन्द सापकोटा र राम जोशी, सहसचिबमा निराजन लुईटेल र राजेश तिमल्सिना हुनुहुन्छ ।

3700
Shares

ट्रेन्डिङ