सबैको समाचार
बुधबार, बैशाख १९, २०८१

कस्तो छ आजको मौसम ?

700
Shares
कस्तो छ आजको मौसम ?

काठमाडौं, मंसिर १५ : हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भने राति पनि हल्का हिमपातको सम्भावना छ ।

700
Shares

ट्रेन्डिङ