सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ‘प्रहरी हुँ’ भन्दै पैसा असुल्ने पक्राउ

‘प्रहरी हुँ’ भन्दै पैसा असुल्ने पक्राउ

715
Shares
‘प्रहरी हुँ’ भन्दै पैसा असुल्ने पक्राउ

वीरगन्ज | व्यापारीसँग पैसा उठाइरहेको अवस्थामा पर्सा प्रहरीले एकजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२३ हरपतगन्जमा व्यापारीसँग महिनावारी रकम उठाइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार बाराको आदर्शकोतवाल गाउँपालिका– ८ लक्ष्मीटोल निवासी कोइरीले विगत ५/६ महिनादेखि आफू मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट पर्सा, बारा र रौतहटका लागि खटिएको ‘घुमुवा प्रहरी हुँ’ भन्दै हरपतगन्जस्थित केमिकल कम्पनी अगाडि व्यापारीसँग पैसा उठाइरहेको जानकारी आउनासाथ प्रहरी चौकी सिर्सियाबाट प्रहरी परिचालन गरिएको थियो ।

कोइरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी प्रवक्तासमेत रहेको थापाले जनाए ।

715
Shares

ट्रेन्डिङ