सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बृहत काभ्रे कृषि महोत्सव: स्टल निर्माण र बुकिङ धमाधम

बृहत काभ्रे कृषि महोत्सव: स्टल निर्माण र बुकिङ धमाधम

745
Shares
बृहत काभ्रे कृषि महोत्सव: स्टल निर्माण र बुकिङ धमाधम

काभ्रे । यहि फागुन ४ गतेबाट सञ्चालन हुने काभ्रे कृषि महोत्सवका लागि स्टल निर्माणका काम तिब्र भईरहेको छ ।
बनोको तीनदोबाटो देखि विद्यूत प्राधिकरण चोकहुँदै लायकु मञ्च सम्म निर्माणको काम धमाधम भईरहेको छ ।

महोत्सवका लागि स्टल बुकिङको काम पनि भइरहेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख एवं आयोजक समितिका अध्यक्ष दिपक कुमार गौतमले बताउनुभएको छ । स्टल निर्माणको काम भईरहेकले बैकल्पिक बाटो प्रयोग गर्न समितिले अनुरोध गरेको छ ।

महोत्सवमा २ सय स्टल रहने अनुमान गरिएको छ । आज बिहानको विवरण अनुसार ७१ वटा स्टल बुकिङ भईसकेको छ ।

महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तयारी छ । महोत्सवमा कृषि उत्पादनका स्टलसँगै किसानले भोगिरहेका समस्या, यन्त्रिकरण, बजारिकरण, लगायताक विषयमा छलफल समेत हुने छ ।

745
Shares

ट्रेन्डिङ