सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना

790
Shares
आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं, मंसिर २५ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार राति देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

790
Shares

ट्रेन्डिङ