सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हत्या आराेपमा २ जना पक्राउ

हत्या आराेपमा २ जना पक्राउ

1055
Shares
हत्या आराेपमा २ जना पक्राउ

धनुषा । धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडाका रुपेश महरा चमारको हत्या आराेपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले हत्या आराेपमा जनकपुरधाम-२४ काे बसहियाका पवन सहनी र मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरेकाे हाे ।

कार्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीले हत्यामा उनकै साथीहरु सहनी र मण्डलको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जानकारी दिएकाे छ ।

जटहीमा रहेकाे नेपाल-भारत सीमा पारिबाट लागुऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा भाटाले प्रहार गर्दा उनकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

घटनाको क्रममा मृतकले प्रयोग गरेकाे साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले लगाएकाे टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

1055
Shares

ट्रेन्डिङ