सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बढी बिल उठाएको आरोपमा दुई जना पक्राउ

बढी बिल उठाएको आरोपमा दुई जना पक्राउ

650
Shares
बढी बिल उठाएको आरोपमा दुई जना पक्राउ

पोखरा | ग्राहकबाट बढी बिल उठाएको आरोपमा दुई जना पक्राउ परेका छन् । ग्राहकलाई मादक पदार्थ सेवन गर्न लगाई बढी बिल उठाएका आरोपमा पोखराका दुई डान्सबारका दुई जना पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा पोखरा ६ लेकसाईडस्थित दुईवटा छुट्टाछुट्टै डान्सबारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बढी बिल उठाउने मनसायले मादक पदार्थ सेवन गर्न लगाउने प्रबन्धक र कर्मचारी पक्राउ परेका बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा ड्रागन डान्स बारका म्यानेजर पोखरा १७ बिरौटा बस्ने २५ वर्षीय सागर गुरुङ र सेभेन स्टार डान्स बारका कर्मचारी २० वर्षीय प्रबिण खड्का रहेका छन् ।

उनीहरु दुवै जनालाई अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

650
Shares

ट्रेन्डिङ