सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काठमाडौं विश्वविद्यालयका १८३८ विद्यार्थी दीक्षित

काठमाडौं विश्वविद्यालयका १८३८ विद्यार्थी दीक्षित

1115
Shares
काठमाडौं विश्वविद्यालयका १८३८ विद्यार्थी दीक्षित

काभ्रे। काठमाडौं विश्वविद्यालयका १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित भएका छन् ।

आज बुधबार काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोह विश्व विद्यालयको केन्द्रिय परिसर धुलिखेलमा सम्पन्न भएको हो ।

समारोह कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता, शताब्दी पुरूष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्य र माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोक कुमार राई र माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको उपस्थिति रहेको थियो ।

दीक्षान्त समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना, र स्नातक तहका १ हजार ४ सय १६ जना सहित जम्मा १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित भएका छन् । तीमध्ये आर्टस्का २०९ जना, एजुकेसनका २२५ जना, इन्जिनियरिङका ३९ जना, लका ३९ जना, मेनेजमेन्टका ४४८ जना, मेडिकल साइन्सेजका ७७७ जना र साइन्सका १०१ जना रहनेछन् ।

दीक्षित हुने विद्यार्थीहरुमध्ये पुरूषको प्रतिशत ४६.०३ ९६ सय ४६ जना तथा महिलाको प्रतिशत ५३.९७ ९९ सय ९२ जना रहेका छन् । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरु ६.१५ प्रतिशत रहेका र तीमध्ये भारत, श्रीलङ्का र माल्दिभ्स गरी ३ देशका ११३ जना विदेशी विद्यार्थी थिए ।

त्यस्तै काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत Master of Technology in Artificial Intelligence १ जनालाई, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत Science in Midwifery Nursing मा ८ जनालाई र स्कुल अफ एजुकेसन अन्तर्गत Master in Higher Educationमा ९ जनालाई उपाधि प्रदान गरिएको छ ।

उनन्तीसौं दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमसम्ममा काठमाडौं विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना उत्तीर्ण भएका छन् ।

तस्बिर :रासस

1115
Shares

ट्रेन्डिङ