सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

आजको मौसम कहाँ कस्तो छ ?

895
Shares
आजको मौसम कहाँ कस्तो छ ?

काठमाडौं, मंसिर २८ : पश्चिमी वायुको प्रभावले नेपालमा चिसो बढ्दै गएको छ । यद्यपि आज वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा छ। दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यत: सफा रहने महाशाखाको पूर्वानुमान छ । राति पनि कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यत: मौसम सफा रहनेछ ।

यस्तै भोलि शुक्रबार पनि वर्षा र हिमपातको सम्भावना छैन । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। शनिबार भने कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।

895
Shares

ट्रेन्डिङ