सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • इन्डिजले जित्यो इङ्गल्यान्डविरुद्धको टी–२० शृङ्खला

इन्डिजले जित्यो इङ्गल्यान्डविरुद्धको टी–२० शृङ्खला

545
Shares
इन्डिजले जित्यो इङ्गल्यान्डविरुद्धको टी–२० शृङ्खला

काठमाडौँ | इङ्गल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला वेस्ट इन्डिजले जितेको छ । पाँचौँ तथा अन्तिम खेलमा घरेलु टोली वेस्ट इन्डिजले इङ्गल्यान्डलाई चार विकेटले हराउँदै शृङ्खला ३—२ ले जितेको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्गल्यान्डले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ३२ रन बनाएको थियो । इङ्गल्यान्डका लागि ओपनर फिल साल्टले ३८ रन बनाए । लियाम लिभिङस्टोनले २८ र मोइन अलीले २३ रन जोडे ।

वेस्ट इन्डिजका बलर गुडाकेस मोटीले तीन विकेट लिए । जासन होल्डर, अकेल होसैन र आन्द्रे रसेलले पनि दुई–दुई विकेट हात पारे । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले १९.२ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।

वेस्ट इन्डिजका लागि साई होपले अविजित ४३ रनको योगदान गरे । सेरफन रुथरफोर्डले पनि ३० रन बनाए । ओपनर जोन्सन चार्लिसले २७ रन जोडे । इङ्गल्यान्डका बलर रिसे टपली र अदिल रसिदले दुई–दुई विकेट हात पारे । वेस्ट इन्डिजका गुडाकेस मोटी प्लेयर अफ दी म्याच र इङ्गल्यान्डका फिल साल्ट प्लेयर अफ दी सिरिज घोषित भए ।

545
Shares

ट्रेन्डिङ