सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपालले आज हङकङसंग मैत्रीपूर्ण खेल खेल्दै

नेपालले आज हङकङसंग मैत्रीपूर्ण खेल खेल्दै

335
Shares
नेपालले आज हङकङसंग मैत्रीपूर्ण खेल खेल्दै

काठमाण्डौ | नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेल बिहान सवा ११ बजे शुरु हुनेछ ।

नेपाली क्रिकेट टोली अहिले हङकङमा रहेको छ । त्रिदेशीय शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीवार हङकङ गएको हो ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलिदेखि त्रिदेशीय टी–२० अन्तराष्ट्रिय शृङ्खला शुरु हुँदैछ ।

त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिदेशीय शृङ्खलामा नेपालले पहिलो खेल भोलि हङकङसँग खेल्ने छ ।

यस्तै नेपालले फागुन २९ गते पपुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते शृङ्खलाको फाइनल खेल हुने छ ।

335
Shares

ट्रेन्डिङ