सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आफन्तले शव बुझेपछि सर्लाहीकाे अवस्था सामान्य

आफन्तले शव बुझेपछि सर्लाहीकाे अवस्था सामान्य

535
Shares
आफन्तले शव बुझेपछि सर्लाहीकाे अवस्था सामान्य

सर्लाही । प्रहरीको गोली लागेर मृत्यु भएका जयशङ्कर साहको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुझेका छन् । 

आफन्तले शव बुझेपछि सर्लाहीकाे अवस्था सामान्य बनेको हो । आइतबार राति ९ बजे घटनास्थलबाट उठाइएको मृतकको शव राति नै पोस्टमार्टमपछि परिवारले बुझेर लगेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले बताएका छन् ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव तथा सर्लाहीका पूर्व प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समिति पनि आइतबार राति नै सर्लाही आइपुगिसकेको छ । 

उद्योग वाणिज्य सङ्घ बरहथवासहित पाँचदलीय गठबन्धन (काँग्रेस, जसपा, लोसपा, जनमत र बहु जन एकता पार्टी) ले सबै विरोधका कार्यक्रम स्थगित गर्ने, विगतलाई बिर्सी आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सञ्चालनका लागि सबै पक्षले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

535
Shares

ट्रेन्डिङ