सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • पात्लेखेतमा काँग्रेसद्वारा स्वास्थ्य सामग्री वितरण

पात्लेखेतमा काँग्रेसद्वारा स्वास्थ्य सामग्री वितरण

5815
Shares
पात्लेखेतमा काँग्रेसद्वारा स्वास्थ्य सामग्री वितरण

धुलिखेलः नेपाली काँग्रेसले धुलिखेल नगरपालिका—११ पात्लेखेतमा स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाली कांग्रेसका युवा नेता तथा सामाजिक अभियान्ता सुरज तिमल्सिनाले सहयोग गरेको स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

कोरोना भाइरसका कारण सिर्जित पछिल्लो स्वास्थ्य स्थितिलाई मध्येनजर राख्दैँ १० लिटर सेनिटाईजर र पाँच सय थान माक्स वितरण गरिएको सामाजिक अभियान्ता तिमल्सिनाले बताउनुभयो ।

कांग्रेस नेता रमेश हुमागाइको उपस्थितिमा पात्लेखेत गाउँ समितिका सभापति कृष्ण न्यौपानेलाई हस्तान्तरण गरिएको सामग्री दुग्ध कृषिमा कार्यरत कर्मचारी, सहकारीका कर्मचारी र स्थानीयलाई वितरण गरिनेछ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा कांग्रेसका नेता कृष्ण न्यौपाने, बिनोद तिवारी, उर्मिला प्याकुरेल, दिनेश तिवारी, सुदर्शन धिताल, हरिशरण धिताल , नारायण धिताल, विकास भुजेल, हरि देव सिग्देल, विनोद धिताल, गोविन्द धिताल लगायतका सहभागी भएका थिए ।

5815
Shares

ट्रेन्डिङ