सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

१६६ क्यारेटको हिरा फेला

635
Shares
१६६ क्यारेटको हिरा फेला

गेबोरोन | हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमण्डले बुधबार बोत्स्वानाको कारोव खानीबाट १६६ क्यारेटको रत्न फेला पारेको जनाएको छ ।

क्यानाडामा मुख्यालय रहेको कम्पनीका अनुसार यो सन् २०२४ मा भएको पहिलो ठूलो खोज हो ।

कम्पनीले सन् २०१२ मा खानी अन्वेषण सुरु गरेदेखि १०० क्यारेटभन्दा बढीको बहुमूल्य रत्नमध्येको यो ३२८ औँ बहुमूल्य रत्न हो ।

लुकारा डायमण्ड बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५१२ किलोमिटर टाढा उत्तर-मध्य बोत्सवानामा रहेको कारोवे डायमण्ड माइनको एकल प्रभुत्वको कम्पनी हो ।

635
Shares

ट्रेन्डिङ