सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सोमबारदेखि वर्षाको सम्भावना

सोमबारदेखि वर्षाको सम्भावना

890
Shares
सोमबारदेखि वर्षाको सम्भावना

काठमाडौं । नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।

सोमबार र मंगलबार भने देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार रातिदेखि भने गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

890
Shares

ट्रेन्डिङ