सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बनेपा ९ का वडाध्यक्ष घुस सहित पक्राउमा अख्तियार प्रवक्ता वेखबर, समाचार भाईरल

बनेपा ९ का वडाध्यक्ष घुस सहित पक्राउमा अख्तियार प्रवक्ता वेखबर, समाचार भाईरल

9945
Shares
बनेपा ९ का वडाध्यक्ष घुस सहित पक्राउमा अख्तियार प्रवक्ता वेखबर, समाचार भाईरल

काभ्रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षलाई नियन्त्रणमा लिएको भन्दै थुप्रै मिडियाले समाचार लेखेका छन्।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरेले भने सबैको समाचारसंग कुराकानी गर्दै आफुलाई सो विषय जानकारी नभएको बताएका छन्।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस (रिसवत) लिइसकेको अवस्थामा वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको भन्दै समाचार सम्प्रेषण भएका छन् ।

यता यो विषयमा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यसंग बुझ्दा अहिले सम्म यस बारेमा आफुलाइ केहि पनि जानकारी नआएको बताउछन् ।

9945
Shares

ट्रेन्डिङ