सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धुलिखेल ११ का करिब ५ सय घरमा पानी सहितको धारा

धुलिखेल ११ का करिब ५ सय घरमा पानी सहितको धारा

5225
Shares
धुलिखेल ११ का करिब ५ सय घरमा पानी सहितको धारा

काभ्रे : धुलिखेल नगरपालिकाको वडा नम्बर ११ ठाटीथोकमा एक घर, एक धारा कार्यक्रम सुरु भएको छ । सबै घरधुरीमा पानी सहितको धारा पुर्याउने उद्देश्यले ठाटीथोकमा लिफ्ट विधि मार्फत खानेपानी ल्याइएको छ ।

ठाटीमा रहेको एक विद्यालय सहित ४७ घरधुरीमा एक घर, एक धारा पुर्याइएको वडाध्यक्ष विष्णु धितालले जानकारी दिनुभयो । नगरपालिकाको २६ लाख लागतमा निर्माण सकिएको लिफ्ट खानेपानी आयोजनाको आज नगरप्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नुभएको हो । यो सँगै वडा नम्बर ११ का ४८५ घरधुरीमा एक घर, एक धारा पुगेको छ ।

वडामा ८ सय ७३ घरधुरी रहेको छ । यो वर्ष ४ वटा खानेपानी आयोजना निर्माण भइरहेका छन् । वडाध्यक्ष धितालका अनुसार यो वर्ष वडाका ९५ प्रतिशत घरधुरीमा एक घर, एक धारा पुग्ने छ । बाँकी घर धुरीका लागि अर्को वर्ष पुर्याउने गरी काम भइरहेको छ । धुलिखेल नगरपालिकाले १२ वाटै वडामा एक घर, एक धारा पुर्याउन कामलाई तीब्रता दिइरहेको छ ।

5225
Shares

ट्रेन्डिङ