सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बँदेल आक्रमणमा परी गम्भीर घाइते

बँदेल आक्रमणमा परी गम्भीर घाइते

590
Shares
बँदेल आक्रमणमा परी गम्भीर घाइते

बैतडी । बैतडीमा जङ्गली बँदेलको ७० वर्षीय वृद्धा  गम्भीर घाइते भएकी छिन् ।

 जङ्गली बँदेलको हुलले घरमै पसेर आक्रमण गर्दा मङ्गलबार पाटन नगरपालिका–५, धौंचुली गाउँकी ७० वर्षीय दुरा जोशी घाइते भएकी हुन् ।कम्मर र खुट्टामा गम्भीर चोट लागेपछि जोशीलाई बैतडी अस्पताल भर्ना गरिएको छ ।

गत साता पाटनसँगै सीमा जोडिएको मेलौली नगरपालिका–२, सलेनास्थित मावन बस्तीमै पसेर आँगनमा खेलीरहेकी नौ वर्षीया बालिका करिश्मा दयालको टाउकोमा टोकेर गम्भीर घाइते बनाएको थियो । बँदेल धपाउन गएका छिमेकी ३२ वर्षीय ओमप्रकाश जोशीमाथि पनि बँदेलले आक्रमण गरेर गम्भीर घाइते भए । घाइते दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको थियो ।

बैतडीमा चितुवापछि जङ्गली बँदेलको आक्रमण गर्दा मानिस घाइते र अङ्गभङ्ग भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।

590
Shares

ट्रेन्डिङ