सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पनौतीको नगर सभा स्थगित, सधै विवादित यस्तो छ कारण ?

पनौतीको नगर सभा स्थगित, सधै विवादित यस्तो छ कारण ?

1380
Shares
पनौतीको नगर सभा स्थगित, सधै विवादित यस्तो छ कारण ?

काभ्रे : – काभ्रेको पनौती नगरपालिकाको नगर सभा सधै विवादित बन्ने गरेको छ । आजको नगर सभापनि स्थगित भएको छ। नगर कार्यपालिकाले पारित गरिसकेको पनौती नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मा समावेश भएको संगठन संरचना (दरबन्दी तेरिज) मा वरिष्ठ प्रशासकीय अधिकृतको पद समावेश नभएपछि एमालेबाट निर्वाचित उपपप्रमुख र जनप्रतिनिधीले नगर सभा चल्न नदिने तयारि गरिरहेका थिए।

उता नगरप्रमुखले निधारीत कार्यसूचीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) को विषय राखेकोमा त्यो फिर्ता लिएपछि मात्र उप प्रमुख सहित एमालेबाट निर्वाचित जनप्रतिनिधि नगरसभामा सरिक भएका थिए।

एमालेले प्रदेश कानून विपरित बरिष्ठ प्रशासकीय अधिकृतको पद कायम नै राख्नुपर्छ भन्ने अडान राखेको छ। जुन अहले पनि नगरपालिकामा बरिष्ठ प्रशासकीय अधिकृत पद कायम नै छ। भने नगर प्रमुख र अन्य जनप्रतिनिधिले भने प्रदेश कानून प्रतिकुल नहुने गरी विज्ञ समूहले दिएको प्रतिवेदन अनुसारको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मा समावेश भएको संगठन संरचना (दरबन्दी तेरिज) लागू हुनुपर्ने बताउँदै आएका छन्।

आजको नगर सभा बैठकमा सोही विषयले तनाव हुने देखिएपछि बैठक शुरु भएलगत्तै नगर प्रमुख रामशरण भण्डारीले बैठक स्थगित गरेका थिए । एमाले निकट नगर सभा सदस्यले विज्ञहरुको सुझाव भन्दा नगरको सुशासन समितिले गरेको प्रस्ताव अनुसार हुनुपर्ने अडान राख्दै बैठक नै चल्न नदिने तयारी गरेपछि नगर प्रमुख भण्डारीले बैठक स्थगित गरेका थिए।

सुशासन समितिले तयार गरेको दरवन्दी तेरिज प्रदेश कानून विपरित छ । कानून विपरित कर्मचारी नियुक्ति, सरुवा लगायतका अधिकार कार्यापालिकालाई प्रस्ताव गरिएको छ । वडाले नै कर्मचारी नियुक्ति गर्न पाउने कानुन बिपरित प्रस्ताव नगरपालिकाको शुशासन समितीले गरेको थियो ।

महालेखा परिक्षकको कार्यालयले पनि करारका कर्मचारीका कारण नगरपालिकामा व्ययभार भएको भन्दै बेरुजु औल्याएपछि पनौतीले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मार्फत कर्मचारी व्यवस्थापन गर्न लाग्दा पार्टी निकट पुराना कर्मचारी हट्ने लगायतका कारण एमाले तर्सिएर नगर सभा नै बहिष्कार गर्दै आएको कांग्रेस निकट एक जनप्रतिनिधिले बताएका छन् ।

नगर प्रमुख रामशरण भण्डारीले महालेखा परिक्षकले समेत औल्याएको बिषयमा व्यवस्थापन गर्न खोज्दा सधै विवाद जस्तो देखिएको बताए । ‘हामीले कर्मचारी व्यवस्थापन, दरबन्दी सिर्जना गर्दै सेवा प्रवाह व्यवस्थित गर्न लागेका हौं, तर एक थरी साथीहरु हाम्रा मान्छे हटाउने, नगर प्रमुखले आफ्ना मान्छे नियुक्ति गर्ने बुझेर अप्ठ्यारो सिर्जना गर्न लाग्नुभयो,’ नगर प्रमुख भण्डारीले भने, ” सरकार भनेको निरन्तर जाने कुरा हो, हामीले विधी बनाउन खोजेका हौं, भोली हामी नेतृत्वमा नहुन सक्छौं, उहाँहरु हुन सक्नुहुन्छ, हामीले एउटा प्रणाली विकास गर्न खोजेका हौं जुन पनौतीकै हितका लागी हुनेछ। “

नगर उपप्रमुख गिता वञ्जाराले के कारणले नगरसभा स्थगित भयो भन्ने आफूलाई जानकारी नभएको बताइन् । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) पारित गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको भन्दै एक्कासी स्थगित हुँदा अचम्मित भएको बताइन् । ” कूनै एक व्यक्तिको पक्षमा राखेर हामीले विवाद गर्दैनौ, गरेका छैनौं,’ उनले भनिन्, ‘कार्यपालिकाले गरेको निर्णय पास गर्न तयार छौं भन्दै उप प्रमुख बन्जाराले आफुनो बचाउ गरेकी थीइन।”

1380
Shares

ट्रेन्डिङ