सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जापानको चुनौती समाप्त पार्दै इरान सेमिफाइनलमा

जापानको चुनौती समाप्त पार्दै इरान सेमिफाइनलमा

375
Shares
जापानको चुनौती समाप्त पार्दै इरान सेमिफाइनलमा

दोहा | दुई पूर्वविजेता बीचको खेलमा इरानले शनिबार जापानलाई २–१ ले पराजित गर्दै एसियन कप-२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले १ गोलले पछाडि रहेको स्थिति उल्ट्याएर अन्तिम चारमा प्रवेश गरेको हो ।

उपाधिको बलियो दाबेदार जापान भने स्तब्धपूर्ण हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । इरानका लागि एलिराजा जहानबक्सले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

यसअघि जापानले २८ औं मिनेटमा हिदेमासा मोरिताको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा इरानका लागि मोहम्मद मेहबीले बराबरी गोल फर्काए । अब इरानले अन्तिम चारमा कतार र उज्वेकिस्तानबीचको खेलको विजेताको सामना गर्नेछ ।

375
Shares

ट्रेन्डिङ