सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • २६ जना कोरोना सङ्क्रमित उपचारपछि निको

२६ जना कोरोना सङ्क्रमित उपचारपछि निको

4830
Shares
२६ जना कोरोना सङ्क्रमित उपचारपछि निको

शुक्रबार, असार ५ / सिरहा : सिरहा जिल्ला अस्पतालले निर्माण गरेको आइसोलेसनमा उपचाररत २६ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो ।

उपचारपछि निको भएकामध्ये सिरहा नगरक्षेत्रका १८ जना, लहान नगरपालिकाका ५ जना, भगवानपुर गाउँपालिकाका २ र नरहा गाउँपालिकाका १ जना पुरुष रहेका छन् । कोरोना जितेर घर फर्किएका प्राय: सबै भारतबाट फर्किएर क्वरेण्टीनमा बसेका थिए ।

स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाइएको अस्पतालले जनाएकाे छ । २६ जनामध्ये २ जनाको आरडीटी परीक्षणमा कोरोना भएको पुष्टि भएको थियाे । अन्यलाई पीसीआर परीक्षण गर्दा कोरोना भएको पुष्टि भएपछि जिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राखिएको थियो ।

4830
Shares

ट्रेन्डिङ