सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • करोडौं रकम हिनामिना गरी बैंकका कर्मचारी फरार

करोडौं रकम हिनामिना गरी बैंकका कर्मचारी फरार

650
Shares
करोडौं रकम हिनामिना गरी बैंकका कर्मचारी फरार

रुकुमपश्चिम । रुकुमपश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले ग्राहकको रकम हिनामिना गरी फरार भएका छन् ।  

झुठ्ठा विवरण र खातावालाको जानकारीबिनै बैंकमा जम्मा गरेको रकम खातामा नभएपछि सो रहस्य खुलेको हो ।  बैंकको अप्रेशन इन्चार्ज पदमा कार्यरत निराजन शाहले बतचकर्ताको करोडौ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैंकले आन्तरिक छानबिन समेत सुरु गरेको छ । 

अहिले आठविसकोट शाखामा छानबिनको लागि प्रभु बैंकको कर्णाली प्रदेशबाट एक टोली आइपुगेको छ । टोलीले आन्तरिक छानबिन गरिरहेको छ भने उक्त शाखामा कार्यरत सबै कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरुभएको बैंक व्यवस्थापनले जनाएको छ ।

विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनि पैसा दिएका नजिकका आफन्तहरु पनि अहिले बैंकको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्नेगरेका छन् । 

यस प्रकरणको छानबिन गरेर आवश्यक कारबाहिको प्रक्रियामा जाने बैंकको भनाइ छ ।

650
Shares

ट्रेन्डिङ