सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

340
Shares
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं | सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् । आउने सोमबार देखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन यो बैठकबाट पारित हुनेछ ।

उपसभापति पूर्णबहादुर खड्काले तयार गरेको ५६ पृष्ठको नीति प्रतिवेदन बैठकले पारित गर्दैछ।

बैठकले महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्व प्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पारित गर्नेछ।

महासमिति बैठक फागुन ७ देखि १० सम्म गोदावरीमा हुँदैछ।

340
Shares

ट्रेन्डिङ