सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कैलालीमा राजमार्गमा विस्फोट : चार जना घाइते

कैलालीमा राजमार्गमा विस्फोट : चार जना घाइते

640
Shares
कैलालीमा राजमार्गमा विस्फोट : चार जना घाइते

धनगढी   ।  सुदूरपश्चिमको भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको चुरे गाउँपालिका–३ भासुभिरनजिकै बुधबार साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन् । 

सडक खन्ने क्रममा उक्त विस्फोट भएको हो ।  घाइते हुनेमा एक्स्काभेटर चालक डडेलधुरा आलीताल–८ का २४ वर्षीय विकाश थापा, कैलालीको चुरे ३ का ४५ वर्षीय बसन्त खडायत, सुर्खेत घर भई हाल कञ्चनपुर बस्ने रोलर अपरेटर २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी रहेका छन् ।

सशस्त्र द्वन्द्वकालीन समयको विद्युतीय धराप (एम्बुस) विस्फोट भएको हुन सक्ने सुरक्षाकर्मीको आकलन छ । विस्फोटपछि घटनास्थल क्षेत्रलाई नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीले अनुसन्धान र रेखदेख गरिरहेको तेघरीस्थित भवानी दल गणका गणपति रवि केसीले बताए । 

640
Shares

ट्रेन्डिङ