सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल आज प्यालेस्टाईनसँग भिडदै

नेपाल आज प्यालेस्टाईनसँग भिडदै

470
Shares
नेपाल आज प्यालेस्टाईनसँग भिडदै

काठमाडौँ | नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज अन्तिम खेल खेल्दै छ ।

नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ । नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् ।

प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समुह बी बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्ने छ भने सिरियाले इराकको सामना गर्ने छ ।

यो खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

त्यसैगरी समुह ए बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समुह ए बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।

470
Shares

ट्रेन्डिङ