सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • निजगढ वर्कसपमा विस्फोट: ३ जनाको मृत्यु

निजगढ वर्कसपमा विस्फोट: ३ जनाको मृत्यु

505
Shares
निजगढ वर्कसपमा विस्फोट: ३ जनाको मृत्यु

 निजगढ ।  बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

विस्फोटमा परी घाइते भएका वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको छ । वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवाल र वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको थियो । तीन जना घाइतेको उपचार भइरहेको छ ।

निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो । 

बारा प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा कवाडी किन्ने भारतका रमेश जैसवाल र निजगढका टिकाराम पाख्रिनलाई पक्राउ गरेको छ ।

505
Shares

ट्रेन्डिङ