सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा आज कति जनामा देखियो कोरोना संक्रमण ?

काभ्रेमा आज कति जनामा देखियो कोरोना संक्रमण ?

1920
Shares
काभ्रेमा आज कति जनामा देखियो कोरोना संक्रमण ?

 

काभ्रे जिल्लामा आज २ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन गरी १४ जना मा गरिएको परिक्षणमा २ जनामा कोरोना देखिएको हो । त्यस्तै आज ३ जना कोरोनाका बिरामी निको भएका छन् ।

आजसम्म जिल्लाका १४ हजार ८४८जनामा कोरोना पुष्टि भइसकेको छ । हालसम्म जिल्लामा संक्रमणमुक्त हुनेको संख्या १४ हजार ६३४ छ । जिल्लामा अहिले २१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

बनेपामा अहिले ७ जना कोरोनाका सक्रिय विरामी रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै धुलिखेलमा ५, पाँचखालमा ३, नमोबुद्धमा ३,पनौती नगरपालिकामा १, र भुम्लु गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये २ जना संस्थागत आइशोलेसनमा छन् भने बाँकी १९ जना होम आइसोलेशनमा छन। यसैबिच पछिल्लो २४ घण्टामा जिल्लाका १२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

बनेपा नगरपालिकामा जारी खोप अभियानमा कोेभिशिल्ड खोप लगाउनेको संख्या ६० रहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा पुरुषोत्तमराज सेढाईँले जानकारी दिए । त्यस्तै ६५ जनाले भेरोसेलको पहिले र दोस्रो मात्रा लगाएका उनले जानकारी दिए ।

 

1920
Shares

ट्रेन्डिङ