सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आज पनि काठमाडौंको हेपालीहाइट क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज पनि काठमाडौंको हेपालीहाइट क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

175
Shares
आज पनि काठमाडौंको हेपालीहाइट क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । आज शनिबार पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

विद्युत प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुनेछ ।

२० गते एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी, २१ गते गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुनेछ ।

नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो ।

175
Shares

ट्रेन्डिङ