सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आजदेखि‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव’, राष्ट्रपतिले उद्घाटन गर्ने

आजदेखि‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव’, राष्ट्रपतिले उद्घाटन गर्ने

785
Shares
आजदेखि‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव’, राष्ट्रपतिले उद्घाटन गर्ने

काभ्रे । आजदेखि बनेपामा ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव’ हुँदैछ । फागुन ७ गतेसम्म महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेललले आज दिउँसो गर्नु हुने जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख एवं महोत्सव मुल आयोजक समारोह समितिका संयोजक दिपक गौतमले बताउनुभयो ।

बनेपाको तीनदोबाटो देखि विद्यूत प्राधिकरणचोकसम्म स्टल सजाइएको छ । करिब २ सयको हाराहारीमा स्टल बुकिङ भएका छन् । प्रवेश निःशुल्क गरिएको छ ।

महोत्सवमा जिल्लाभित्र उत्पादन भएका रैथाने उत्पादन तथा परिकारहरु, अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी/मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकारका स्टल रहनेछ ।

त्यसैगरी होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल र वित्तिय सेवा कर्जा सम्वन्धी स्टल रहनेछ ।

785
Shares

ट्रेन्डिङ