सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त

सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त

335
Shares
सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् ।

मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएकाे बारेमा जानकारी दिने तयारी गरेका उनीनिकट स्रोतले बताएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

335
Shares

ट्रेन्डिङ