सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

3755
Shares
वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

काठमाण्डौ / वरिष्ठ कलाकार सुभद्रा अधिकारीको शनिबार निधन भएको छ । शनिबार बिहान डल्लुमा रहेको आफ्नै घरमा उहाँको निधन भएको हो । उहाँ केही समयदेखि दम रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

२००३ सालमा काठमाण्डौको असनमा जन्मनुभएकी अधिकारीले थुप्रै नेपाली चलचित्रमा अभिनय गर्नुभएको थियो । ६ वर्षको उमेरमा उहाँले नेवारी नाटक ‘कचिमचा’ अर्थात् ‘काँचो माटो’ बाट अभिनय यात्राको सुरुवात गर्नुभएको थियो । उनका १ छोरा र छोरी छन् ।

उहाँले अभिनय गरेका चर्चित चलचित्रहरुमा कन्यादान, चिनो, भाउजू लगायत छन् । खासगरी उहाँले ‘कन्यादान’ निभाएको भूमिकाका लागि धेरैले सम्झन्छन् । उहाँलाई शनिबार दिउँसो १ बजेपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली दिने र आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

3755
Shares

ट्रेन्डिङ