सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा सत्ता साझेदारबीच सिट बाँडफाँड, धुलिखेलको प्रमुख नेकपा एसलाई

काभ्रेमा सत्ता साझेदारबीच सिट बाँडफाँड, धुलिखेलको प्रमुख नेकपा एसलाई

14850
Shares
काभ्रेमा सत्ता साझेदारबीच सिट बाँडफाँड, धुलिखेलको प्रमुख  नेकपा एसलाई

काभ्रेमा सत्ता साझेदार दलबीच सिट बाँडफाँड भएको छ ।

आज बसेको सत्ता साझेदार दलको बैठकले सिट बाँडफाँड गरेको नेपाली कांग्रेस काभ्रेका सचिब गुणराज मुक्तानले जानकारी दिनुभयो ।

सहमति अनुसार ७ वटा पालिका नेपाली कांग्रेसको भागमा परेको छ । ६ वटा नगरपालिका मध्ये पाँचखाल, बनेपा, पनौती र नमोबुद्ध नगरपालिकाको प्रमुख कांग्रेसले पाउने छ । त्यस्तै रोशी गाउँपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ ।

नेकपा (एकीकृत समाजवादी) को भागमा मण्डनदेउपुर र धुलिखेल नगरपालिकाको प्रमुख परेको छ । माओवादी केन्द्रको भागमा भुम्लु, चौरीदेराली, महाभारत र खानेपानी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले पाएको छ ।

सचिब मुक्तानको अनुसार उपप्रमुख र उपाध्यक्षहरूको सिट बाँडफाँडको लागि भने बैठक बसिरहेको छ ।

14850
Shares

ट्रेन्डिङ