सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कर छली, तस्करीमा संलग्नलाई कारवाही गर्न निर्देशन कुर्नुपर्दैन

कर छली, तस्करीमा संलग्नलाई कारवाही गर्न निर्देशन कुर्नुपर्दैन

550
Shares
कर छली, तस्करीमा संलग्नलाई कारवाही गर्न निर्देशन कुर्नुपर्दैन

काठमाडौं | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले गैरकानुनी धन्दा चलाउने, कर छली, गुण्डागर्दी र तस्करी लगायतका अपराधमा संलग्नलाई कारवाही गर्न कसैको निर्देशन कुर्नुनपर्ने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत् प्रहरीलाई यस्तो निर्देशन दिएका हुन्।

‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नुपर्दैन,’ उनले भनेका छन्।

त्यस्ता काममा संलग्नहरूलाई ऐन पल्टाउन र कानुनी राज्य देखाइदिन उनले भनेका छन्।

‘तपाईंले मलाई होइन मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नूहोस्। मेरो शुभकामना छ।जय नेपाल (पार्टीवाला होइन, देशवाला)।,’ उनले भनेका छन्।

550
Shares

ट्रेन्डिङ