सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • माधव नेपाल भोली काभ्रे आउँदै

माधव नेपाल भोली काभ्रे आउँदै

3825
Shares
माधव नेपाल भोली काभ्रे आउँदै

काभ्रे : शनिबार (भोली) नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल काभ्रे आउनु हुने भएको छ । अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी) काभ्रेले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन आउन लाग्नुभएको हो ।

जिल्ला अध्यक्ष टोक बहादुर वाईबाका अनुसार भोली केन्द्रीय अध्यक्ष नेपालले जिल्ला पार्टी कार्यालय पनि उदघाटन गर्नु हुनेछ । नेकपा (एकीकृत समाजवादी) काभ्रेको पार्टी कार्यालय रेडक्रस चोकमा रहेको छ ।

चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम अरनिको पाटी प्यालेसमा हुनेछ । बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने जिल्ला पार्टी अध्यक्ष टोक बहादुर वाईबाले बताउनुभयो ।

3825
Shares

ट्रेन्डिङ