सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अमेरिकाको एक विद्यालयमा गोली चल्दा , १ जनाको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोली चल्दा , १ जनाको मृत्यु

595
Shares
अमेरिकाको एक विद्यालयमा गोली चल्दा , १ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको डल्लासस्थित आयोवामा रहेको एक स्कुलमा गोली चल्दा १ जनाको मृत्यु भएको छ ।

क्रिसमसको विदा पछि विद्यालय खुलेको पहिलो दिनमै विद्यालयमा गोली चलेपछि अमेरिकाको पेरी शहरका बासिन्दा आतंकित छन् । उक्त घटनामा  ५ जना घाइते भएका छन् ।

आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय एक विद्यार्थीले ६ कक्षाका विद्यार्थीहरुमा गोली चलाएका थिए । उनले चलाएको गोली ५ जना विद्यार्थी र एक शिक्षकलाई लागेको छ ।

घटनास्थलमा गोली चलाउने विद्यार्थी नै मृत फेला परेका छन् । उनले अरुलाई गोली चलाएर आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

595
Shares

ट्रेन्डिङ