सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शारदाबतासे स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री

शारदाबतासे स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री

1495
Shares
शारदाबतासे स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री

धुलिखेल: धुलिखेल–१० स्थित शारदाबतासे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

नगर उपप्रमुख निराजन जंगमको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त १० लिटरको अक्सिजन कन्सन्ट्रेटर ३ वटा, पल्स अक्सिमिटर ५ वटा, २ थान थर्मल गन, सिटामोल ५ हजार चक्की, आइरन चक्की ४८ हजार, सर्जिकल माक्स ६ हजार थान र एन ९५ माक्स २ हजार थान वडा अध्यक्ष गोविन्दप्रसाद उपाध्यायको उपस्थितीमा स्वास्थ्य चौकी इञ्चार्ज बलराम पौडेललाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्रीको लागि समाजसेवी रघुनाथ धिताल, अनुप लामिछाने, चन्द्रबहादुर लामालगायतले समन्वय गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा वडा सदस्य अशोक शाह, मछिन्द्र राउत लगायत स्थानीयको सहभागिता थियो ।

1495
Shares

ट्रेन्डिङ