सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आर्मीलाई हराउदै हेल्प नेपालले जित्यो एनभिए भलिबल पुरुष च्याम्पियनसिप

आर्मीलाई हराउदै हेल्प नेपालले जित्यो एनभिए भलिबल पुरुष च्याम्पियनसिप

270
Shares
आर्मीलाई हराउदै हेल्प नेपालले जित्यो एनभिए भलिबल पुरुष च्याम्पियनसिप

काठमाडौँ | हेल्प नेपाल स्पोर्ट्स क्लबले एनभिए भलिबल पुरुष च्याम्पियनसिप २०८० को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

हेल्प नेपालको टिममा पाकिस्तानका खेलाडी समावेश रहेका थिए ।

यो जितसँगै हेल्प नेपालले पाँच लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको त्रिभुवन आर्मीले २ लाख नगद पुरस्कार पाएको छ ।

त्यस्तै नेपाल पुलिस क्लब तेस्रो भएर एक लाख २५ हजार पाएको छ ।

270
Shares

ट्रेन्डिङ