सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु, श्रीमान् घाइते

हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु, श्रीमान् घाइते

335
Shares
हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु, श्रीमान् घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन् ।

बुधबार साँझ वनमा घाँस दाउरा लिन गएकी स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट सात किलोमिटर दक्षिणमा रहेको झिलझिले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट पवित्राका श्रीमान ६२ वर्षीय दिलीप भेटुवाललाई उद्धार गरी उपचारका लागि विर्तामोडस्थित पूर्णटुंग विर्तासिटी अस्पताल पुर्‍याएको  छ ।

335
Shares

ट्रेन्डिङ