सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • हावाहुरीले रुख ढाल्दा एक जनाको मृत्यु

हावाहुरीले रुख ढाल्दा एक जनाको मृत्यु

270
Shares
हावाहुरीले रुख ढाल्दा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने एकजना घाइते छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको हो ।

 उपचारकै क्रममा दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

स्कुटर चालक तानसेन नगरपालिका वडानम्बर २ बडिज्ञान टोल बस्ने २० वर्षीय प्रथम शाही घाइते छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

270
Shares

ट्रेन्डिङ