सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भाग्यमानी इजिप्ट पुग्यो अन्तिम १६ मा

भाग्यमानी इजिप्ट पुग्यो अन्तिम १६ मा

595
Shares
भाग्यमानी इजिप्ट पुग्यो अन्तिम १६ मा

काठमाडौँ | इजिप्टले अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ को यात्रा सोमबार निश्चित गरेको छ । उसले समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा केप भार्डेलाई २–२ को बराबरीमा रोकेपछि टिम भाग्यमानी सावित भयो ।

यो नतिजासँग इजिप्ट तीन खेलबाट तीन अंकमा समूहको दोस्रो स्थानमा रह्यो । केप भार्डे भने सात अंकमा शीर्षमा रह्यो । घाना र मोजाम्बिकबीचको खेल पनि २–२ कै बराबरीमा समाप्त भयो ।

घाना दुई अंकमा तेस्रोमा रह्यो र उसले नकआउट चरण समीकरणमा आफ्नो सम्भावनाका लागि कुर्नु पर्नेछ । मोजाम्बिक भने प्रतियोगिताबाट बाहिरियो । समूह ‘ए’ मा इक्वाटोरियल गिनी र नाइजेरिया समान सात अंकमा शीर्ष दुई स्थानमा रहे ।

गिनीले आयोजक आयभरी कोस्टलाई सजिलै ४–० ले हराएको हो । यो नतिजाले घरेलु टिम तीन अंकमा तेस्रो स्थानमै सीमित रह्यो र उसलाई पनि प्रतियोगिताबाट बाहिरिने डर हुनेछ । अर्को खेलमा नाइजेरियाले गिनी बिसाउलाई १–० ले हरायो । यो हारले गिनी बिसाउको प्रतियोगितामा चुनौती समाप्त भएको छ ।

595
Shares

ट्रेन्डिङ