सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आज २०८० साल चैत १९ गते सोमबारको राशिफल हेर्नुहोस्

आज २०८० साल चैत १९ गते सोमबारको राशिफल हेर्नुहोस्

625
Shares
आज २०८० साल चैत १९ गते सोमबारको राशिफल हेर्नुहोस्

मेष : आफन्तबाट सहयोग हुनेछ। रमाइलो यात्राको योग रहेको छ। शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक रोजगार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुमधुर बन्नेछ।

वृष : खराब व्यक्तिको संगत छोड्नु राम्रो हुन्छ। निर्णय गर्नु अगाडि धेरै सोच्नुपर्ने दिन छ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उत्साह देखिन्छ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

मिथुन : बुद्धिमतापूर्ण निर्णय भएमा सोचेको काम बन्नेछ। संगीत क्षेत्रमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। पारिवारिक सम्बन्धमा सुमधुर बन्नेछ।

कर्कट : आफ्नो कामको निर्णय आफैंले गर्नुपर्ने दिन छ। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्य राम्रो छ। प्रेम सम्बन्ध र दाम्पत्य जीवनले खुशी दिनेछ।

सिंह : साथीले सहयोग गर्नेछन्। यात्राको योग रहेको छ। शिक्षामा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : खानामा विशेष ख्याल गर्नुपर्ने दिन छ। दबाब र प्रभावका कारण मन शान्त नहुनसक्छ। सबै क्षेत्र अनुकुल छन्। मनमा उत्साहा र उमंग बढ्नेछ। सहकार्यमा गरेको व्यापारले फाइदा हुनेछ।

तुला : शिक्षा, स्वास्थ्य, व्यापार र वैदेशिक रोजगारीको क्षेत्रमा उत्साह मिल्नेछ। परिवारको साथ रहनेछ। मिठो खान पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : रोकिएका काम बन्नेछन्। मन खुशी हुनेछ। साथी र आफन्तसँगको भेट रमाइलो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

धनु : धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। गुमेको धन हातलाग्ने योग छ। पारिवारिक सम्बन्ध राम्रो बन्नेछ। आफ्नो दक्षता र सीप अनुसारको काम गर्दा फाइदा हुनेछ।

मकर : खर्च बढ्ने योग छ। सञ्चित धनमा क्षति पुग्ने देखिन्छ। आफ्नै बोलीले आफन्त टाढा हुनसक्छन्। मन खुशी हुने काम दिउँसो बन्नेछ।

कुम्भ : सिर्जनात्मक काम गर्ने रुचि बढ्नेछ। :आर्थिक र शैक्षिक क्षेत्रमा समस्या देखिए पनि पारिवारिक क्षेत्र राम्रो देखिन्छ। सोचेको काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : मित्रसँग भेट हुनेछ। आजको भेटमा सुख र दु :खका कुरा हुनेछन्। यात्रा सफल हुनेछ। अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ।

625
Shares

ट्रेन्डिङ