सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एसइईमा चिट चोराउने प्रिन्सिपल सहित पाँच जना कारबाहीमा

एसइईमा चिट चोराउने प्रिन्सिपल सहित पाँच जना कारबाहीमा

265
Shares
एसइईमा चिट चोराउने प्रिन्सिपल सहित पाँच जना कारबाहीमा

बाँके । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउने कार्यमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई बाँके प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

गत चैत २० गतेका दिन सञ्चालन गरिएको विज्ञान तथा प्रविधि विषयको परीक्षामा नेपालगन्जका एक विद्यालयका प्रिन्सिपलसहित अन्य पाँच जनालाई चिट चोराउने कार्यमा संलग्न रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका पाँचै जनालाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडी बढाइएको  प्रहरीले जनाएको छ ।

उनीहरूलाई शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम छ महिनासम्म कैद सजाय वा एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

265
Shares

ट्रेन्डिङ