सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • होस्टलको पाँच तलाबाट हामफाल्दा नर्सिङ पढ्दै गरेकी किशोरीको मृत्यु

होस्टलको पाँच तलाबाट हामफाल्दा नर्सिङ पढ्दै गरेकी किशोरीको मृत्यु

305
Shares
होस्टलको पाँच तलाबाट हामफाल्दा नर्सिङ पढ्दै गरेकी किशोरीको मृत्यु

काठमाडौं । दोलखामा होस्टलको पाँच तलामाथिबाट हामफाल्दा १८ वर्षीया किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-१० रामबजार घर भई हाल दोलखामा बसेर नर्सिङ पढ्दै गरेकी १८ वर्षीया करुणा अधिकारी रहेको प्रहरीले जनाएको छ ।

अधिकारी बिहीबार साँझ सवा सात बजे होस्टल रहेको बिल्डिङको पाँच तला माथिबाट हामफालेपछि उनी गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा गएराति ‍११ बजे उनको मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

होस्टल सञ्चालकका अनुसार उनले डिप्रेसनको औषधि खाइरहेकी थिईन् भने उनले आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

305
Shares

ट्रेन्डिङ