सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • गाई काटेको आरोपमा  तीन जना पक्राउ

गाई काटेको आरोपमा  तीन जना पक्राउ

990
Shares
गाई काटेको आरोपमा  तीन जना पक्राउ

बुटवल | कपिलवस्तुमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १० भावपुरमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

स्थानीय सुरज विकको घरमा गाई काटेर मासुको भाग लगाइरहेको अवस्थामा तिन जनालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सुरज विक, बुद्धुभुमी नगरपालिका वाड नम्बर ८ हरिहरपुरका बर्साती थारु र रुपन्देही कन्चन ५ का श्रीधर टमाटा रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।

उनीहरूको साथबाट सय केजी मासु पनि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक रायमाझीले बताए ।

990
Shares

ट्रेन्डिङ