सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आयरल्यान्ड उल्भ्ससँग दोस्रो टी-ट्वेन्टी खेल्दै नेपाल

आयरल्यान्ड उल्भ्ससँग दोस्रो टी-ट्वेन्टी खेल्दै नेपाल

280
Shares
आयरल्यान्ड उल्भ्ससँग दोस्रो टी-ट्वेन्टी खेल्दै नेपाल

काठमाडौं | नेपालले आज आयरल्यान्डस उल्भ्ससँग दोस्रो टी-ट्वेन्टी सिरिज खेल्दै छ । खेल आज दिउँसो १ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

हिजो भएको पहिलो खेलमा नेपालले उल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो । आयरल्यान्डले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालको टिममा कप्तान रोहितसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुल्शनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र सोमपाल कामी छन् । यस्तै, करण केसी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव पनि टिममा समावेश छन् ।

हिजोको खेलमा अनिल साह, प्रतिश जीसी, आकाश चन्द र विवेक यादव बेञ्चमा थिए । नेपाल हाल एसीसी प्रिमियर कप र आईसीसी टी-ट्वेन्टी आई विश्वकपको तयारीमा छ ।

एसिया कप छनोटका लागि महत्त्वपूर्ण प्रतियोगिता प्रिमियर कप सुरु हुन ३ साताभन्दा कम समय बाँकी रहँदा नेपालले आइरिस टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ ।

280
Shares

ट्रेन्डिङ