सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

380
Shares
ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको  हो ।

परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो ।

380
Shares

ट्रेन्डिङ