सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

डा राउत पक्राउ

2695
Shares
डा राउत पक्राउ

प्रहरीले डा सिके राउतलाई आज जनकपुरबाट पक्राउ गरी सिरहा पुर्याएको छ । उनी बस्दै आएको जनकपुरको पुरानो बसपार्कस्थित डेराबाट पक्राउ गरी सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यही माघ ५ गते लहानको सहिद चोकमा आयोजित कार्यक्रममा उनले गरेको भाषण राज्यविरुद्ध रहेको आशङ्का गरी अनुसन्धानका लागि पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो ।
धनुषाका एक प्रहरी अधिकारीका अनुसार उनलाई सिरहा जिल्ला प्रहरी कार्यालयले पक्राउ गर्न पत्राचार गरेपछि पक्राउ गरी सिरहा प्रहरीलाई बुझाइएको हो ।
डा राउत बस्ने घरको ताला फोडी प्रहरीले खानतलासी समेत गरेको छ । उनलाई राज्य विप्लव मुद्दामा पक्राउ पुर्जी दिएर पक्राउ गरिएको बताइएको छ । दर्जनौँ प्रहरीले उनका साना नानीहरु र परिवारलाई त्रसित पार्दै दुव्र्यवहार गरेको प्रतिक्रिया अभियुक्त डा राउतका सहयोगी कैलाश महतोले विज्ञप्तिमार्फत जनाएका छन् । रासस

2695
Shares

ट्रेन्डिङ